वैज्ञानिकले बनाए मान्छेको मृत्युको मिति भविष्यवाणी गर्न सक्ने एआई प्रणाली

एजेन्सी– अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्युसहित मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन्।

लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए। यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन्।

डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसांखयकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ।

यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो। निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ।

२५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो। एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो।

डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने। आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाई छ। लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन।

यस्तै खालको मोडलहरु विकास भइसकेको र यसलाई ठूला कम्पनीहरुले प्रयोग गरिरहेको बताइएको छ । व्यक्ति कति समयसम्म बाच्ला भन्ने भविष्यवाणी गर्न सक्ने एआई मोडलको प्रयोगका नैतिक तात्पर्य पनि छन्।

तर यस्तो भविष्यवाणीले असामयिक निधनलाई टार्न मद्दत गर्न सक्ने लाइफटूभेकका निर्माताहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट