मर्यादा विपरित स्वास्थ्य मन्त्रीको प्रशंसा गर्दा आलोचनाको केन्द्रमा छन् सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले केही दिनअघि सिन्धुपाल्चोकको सिपा तीनघरेस्थित एउटा विद्यालयको कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन वहादुर बस्नेतको खुलेर प्रशंसा गरे।

‘नेता हुनु त मोहन बस्नेत जस्तो। जसले आफूले भनेका सबै काम पूरा गर्छन् । र, उनलाई धन्यवाद दिन पाउँदा आभारी छु’ भन्दै उनले भनेका थिए– ‘हामीलाई वास्तवमा यस्तै नेता चाहिएको हो, यहाँका जनताले जसलाई चुने, उनीहरु पनि भाग्यमानी हुन।’

यसरी सभामुखले आफ्नो पदीय मर्यादा भुलेर एकजना सांसदको अस्वभाविक प्रशंसा गरेको सिन्धुपाल्चोकका अन्य नेताहरुलाई भने मन परेन। उनीहरुले त्यो प्रसंशा प्रति आपत्ति जनाएका छन्।

सभामुखको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपालले भनेका छन्, ‘सिन्धुपाल्चोक पुगेर हाम्रा सम्माननीय सभामुख ज्यूले के भन्नु भएको हो ? उहाँले होशमै त भन्नू भएको हो ? सभामुखको यो भनाइ उहाँको मर्यादा अनुकुल छ कि छैन ? उहाँको यो अभिव्यक्तिले सभामुखको गरिमा कति कायम रह्यो होला ?’

नेपालसँग अरु थुप्रै नेताहरुले सभामुखको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वस्नेत नेपाली कांग्रेसबाट उक्त क्षेत्रमा निर्वाचित सांसद हुन्। बस्नेतले एमाले नेता शेरबहादुर तामाङलाई पराजित गरेका थिए।

सभामुखले वस्नेतबारे यस्तो भनेका थिए
माननीय स्वास्थ्यमन्त्रीले आफ्ना प्रतिबद्धता, योजना र अठोटहरु प्रष्टरुपमा केही ऐतिहासिक पृष्ठभूमिसहित राख्नुभएको छ। हामीलाई वास्तवमा त्यस्तै नेता चाहिएको छ। जसले जे कुन गर्नसक्ने हो, त्यहीं भन्नुभएको छ।

भन्नुभएको कुराहरु गरेर देखाउनु भएको छ। अब गर्ने काममा उहाँले शिक्षा स्वास्थ्यको क्षेत्रमा जे गर्छु भन्नुभएको छ, त्यो सफलताको लागि शुभकामना दिन चाहन्छु।

उहाँले यहाँ भन्न भ्याउनु भएन। उहाँलाई धेरै कुरा भन्दा असजिलो पनि भयो होला। उहाँले मलाई भन्नु भएको छ– म अहिले स्वास्थ्यमन्त्री छु, पैसाकै अभावमा कसैलाई मर्न दिन्नँ भन्नु भएको छ। मलाई फोन गर्नुभयो भने म जसरी पनि बँचाउछु भन्नुभएको छ।

यस्तो माननीय ज्यूलाई जिताउनु हुने यहाँका जनताप्रति आभारी छु। र यो सिन्धुपाल्चोकको सिपा तीनघरेको सँस्कृत माविको यो कार्यक्रममा उहाँलाई धन्यवाद दिन पाउँदा म आभारी छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट