नयाँ पार्टी खोल्दै हर्क र बालेन्द्र, फेसवुकमा लेखे– को कसले साथ दिनुहुन्छ?
राजविराज– गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएपछि निरन्तर चर्चामा रहँदै आएका काठमाडौं महानगरका बालेन्द्र साह र धरान उपमहानगरका हर्क साम्पाङबीच विहिबार करिव १ घण्टा भेटघाट भयो।
भेटपछि धरानका मेयर साम्पाङले दुवै जनाको तस्वीर राख्दै लखेको एउटा स्ट्याटसले अहिले राजनीतिकको बजार तातेको छ। दुवै मेयर मिलेर पार्टी खोल्न लागेका त होईनन् ? भन्ने विषयमा चर्चा हुन थालेको छ।
‘जित हुन्छ क्रान्तिको शंकै नमान! हामी झन् विशाल बन्छौँ धन्दै नमान!’ भन्दै साम्पाङले स्ट्याटस लेखेका थिए। त्यसपछि लगत्तै उनले अर्को स्ट्याटस लेखेर ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ’ भन्दै पार्टी निर्माणको संकेत गरेका छन्।
शुक्रबार झन् साम्पाङले प्रस्ट भाषामा सोधेका छन्, ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ?’ स्मरण रहोस, लौरो चुनाव चिन्हमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका दुवै मेयर लोकप्रिय छन्।
आफनो बोली र ब्यवहारका कारण दुवै मेयर विवादित समेत बनेका छन्। सामाजिक सञ्जाल फेसवुकमा अन्टसन्ट लेखेर विवादमा आउँने साम्पाङले सांसदहरुलाई धरान छिर्न नदिनेसम्मको चेतावनी दिएका थिए भने उनकै कारण धरानमा गोरु काटेर खाएको विषय उत्कर्षमा पुगेको थियो।
यता, बालेन्द्रले भने सरकारी गाडी दुरुपयोग गर्ने श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको विषयमा सिंहदरबारमै आगो लगाउने चेतावनी दिएका थिए। उक्त अभिब्यक्ति विवादित वनेपछि उनले स्ट्याटस हटाएका थिए। तर, त्यस विषयमा उनले माफीका एक शब्द समेत लेखेका छैनन्।