रूसी सेनामा पुगेका पूर्वलडाकुको बयान– जोखिम छ थाहा छ, त्यो भन्दा ठुलो बाध्यता छ
काठमाडौं– रूसी सेनामा भर्ती भएका पूर्व माओवादी लडाकु डाइमण्ड सी अहिले रुसी सेनामा भर्ना भएका छन्। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका म्याग्देका उनले पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो नरहेको बताएका छन्।
परिवार पाल्नकै लागि माओवादी योद्धाहरु विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको बताएका उनले त्यही वाध्यताका कारण आफु रुसी सेनामा भर्ना हुन पुगेको वताएका छन्।
‘हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी बन्दुक वोकेर झण्डै १ दशक रगत÷पसिना बगाइयो । अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘परिणामत आज पनि सत्ता÷शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपतिहरुकै जगजगी छ। परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ।’
उनले उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफू रसियन आर्मीमा भर्ना भएको पनि बताएका छन्। युद्दरत देशको अवस्था सामान्य सैनिक जागिर जस्तो नहुने भन्दै कार्यरत रहँदा सकारात्मक÷नकारात्मक सवै विषय अनुभुत गर्न सकिने उल्लेख गरेका छन्। डाइमण्ड र उनकी श्रीमती प्रेरणा शेर्पाली दुबै माओवादी लडाकु हुन्।
यस्तो छ उनको पूर्ण फेसबुक स्टाटस:
प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी :
म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूवाट त्यहाँको अवस्थावारे केहि वोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ, यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन, के गर्छन त्यो उनिहरुको विषय भयो। तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि वन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना वगाईयो, अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन। परिणामत आज पनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपतिहरुकै जगजगी छ। परिवर्तनको लागी दशकौ योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ।
यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भईएको छ।
पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिईरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहदा सकारात्मक÷नकारात्मक सवै विषय अनुभुत गर्न सकिन्छ। यद्यपि यि विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु। युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के–के हुन्छ? के–के गर्नुपर्छ? के–के भोग्नुपर्छ? सैन्य संठगभित्र के गर्न पाईन्छ÷के गर्न पाईन्न? सैन्य कानुन÷अनुशासन के–कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न। तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु।
युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल÷मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी÷युरोपियन गठवन्धन एवम् तिनका एजेन्टहरुको मतियार वन्न सकिन्न। न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेको प्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ। आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन। जोखिमपूर्ण यात्राको पाईला–पाईलामा चुनौति त छ नै। यद्यपि हार कहिल्यै मानिदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।
अन्त्यमा,
सयौं साथीहरूले रसिया भर्ति हुन आउनुप-यो, के–कसरी हो? च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ। एक–एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन। तसर्थ यसै सार्वजनिक सुचना मार्फत जानकारी– यहाँ अहिले भर्ति वन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला।