अर्जुननरसिंहको घरमा शेखर–गगनको तीन घण्टा गोप्य वार्ता, सुध्रेला सम्वन्ध ?
काठमाडौं– सभापति देउवा विरुद्ध एक भएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीचको सम्वन्ध पछिल्लो समय चिसिएको छ।
कोशी विद्रोहपछि बोलचालै वन्द गरेका दुई नेताले सोमवार भने पहिलो पटक वार्ता गरेका छन्। कोशीमा शेखरले एकलौटीरूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगन टाढिदै गएका थिए।
कोशी विद्रोहकै कारण चिसिएको शेखर र गगनको सम्वन्ध पुरानै अवस्थामा फर्काउन एउटा समुह सकृय भएर लागेको छ। गगनका ससुरासमेत रहेका नेता अर्जुननरसिंह केसीले यसको नेतृत्व गरेका छन्। उनकै मध्यस्थतामा सोमबार दुई नेतावीच ३ घण्टा गोप्य वार्ता भएको छ।
नेता केसीको पहलपछि कोईरालाले आजका लागि वोलाएको भेला नै रोकेर छलफल भएको एक नेताले बताए। केसीकै निवासमा भएको छलफलपछि स्थगित भेला भोलीलाई सार्ने र त्यसमा गगन पनि सहभागि हुने सहमति भएको ति नेताले वताए।
भेटमा महामन्त्री थापाले कोशीमा व्रिदोह गर्दा समूहमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि अहिलेसम्मको कमिकमजोरी विर्सेर १५औं महाधिवेशनमा केन्द्रित भएर एकजुट हुनेमा उनीहरू एकमत भएको जनाईएको छ।
शेखरसँग दूरी बढेपछि महामन्त्री थापा पछिल्लो समय विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसँग नजिकिएका छन्। ‘उनीहरूलाई पनि आगामी दिनमा गुटमा समेट्न दुई नेताबीच छलफल भएको छ’– ति नेताले भने।