आदेश चित्त नबुझ्दो नभएको भन्दै अदालतमै ढुंगामुढा, सईसहित ३ जना प्रहरी घाईते

रसुवा– प्रहरी नियन्त्रणमा रहेका ब्यक्ति भोटेकोशी नदीमा हामफालेर वेपत्ता भएको घट्नामा चित्तबुझ्दो आदेश नभएको भन्दै शुक्रबार बेलुका जिल्ला अदालत रसुवामा पीडित पक्षले ढुंगामुढा गरेका छन्।

ढुंगामुढा हुन थापलेपछि उनीहरुसँग प्रहरीको झडप पनि भएको छ। झडपमा ३ जना प्रहरी घाइते भएका छन्। आन्दोलनकारीको ढुंगाले लागेर सई विशाल बानियाँ, सई राजेन्द्र कुमाल र प्रहरी हवल्दार जुनाकुमारी वन घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास समेत फायर गरेको थियो।

८ कात्तिकमा गोसाईकुण्ड गाउँपालिका– १ का काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफाली बेपत्ता भएको घटनामा गोसाइकुण्ड –१, का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि घट्ना भएको जनाईएको छ।

जानकारी अनुसार छिरिङले ७ कात्तिकमा सामान्य विवादमा हुँदा स्थानीय ६३ वर्षीय फुर्पु छिरिङ तामाङलाई कुटपिट गरेका थिए। उक्त घट्नामा प्रहरी चौकी थुमनले छिरिङलाई नियन्त्रणमा लिएर मोटरसाइकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा लैजादै थियो।

सोही क्रममा गोसाइँकुण्ड गाउँपालिका–५, रोंगामा पुगेपछि गुडिरहेको मोटरसाइकललाई पल्टाई भागेर छिरिङले खोलामा हामफालेका थिए। त्यसपछि उनी वेपत्ता छन।

सो घट्नामा अदालतको आदेशपछि पीडित र आफन्तले अदालतको गेटमा ढुंगामुढा सुरु गरेको प्रहरीको दाबी छ। घटनामा डीएसपीको कमान्डमा ४० जना प्रहरी र सशस्त्र प्रहरीका १५ जना डीएसपीको कमान्डमा खटिएर स्थिति नियन्त्रणमा लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट