बोरामा हालेर कस्ले फाल्यो दम्पत्तिको शव, दुवैको हातखुट्टामा डोरीले कसेर मुखमा टेप

भरतपुर– चितवनको भरतपुर नगरपालिका ९, मिलनचोकस्थित एक दम्पत्तिको शव बोराभित्र फेला परेको छ।

एउटा कल्भर्टमा शव राखिएको बोराबुधबार दिउँसो फेला परेको हो। अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले वताए।

दुवैका हात–खुट्टा बाँधिएको र मुखमा टेप समेत लगाइएको उनको भनाई छ। खोलामा माछा मार्न पुगेका एक व्यक्तिले गन्ध आएर हेर्न जाँदा बोरा देखेका थिए। उनले शंका लागेर प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट