लक्ष्मी पूजाको मौका पारी रौतहटमा लुटपाट, लुटेराको आक्रमणमा दुई जना घाईते

रौतहट– तिहारको मौका पारी रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वटोलमा लुटपाट भएको छ। सोमबार विहान करिव २ बजे चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा अज्ञात समूहले लुटपाट मच्चाएको हो।

समूहमा आएका व्यक्तिले लुटपाटको क्रममा चौधरीका श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीमाथि आक्रमण गरेका थिए। दुवै जना घाईते छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो।

लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिवारले जनाएका छन्। लक्ष्मीपूजाको लागि राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी र २ वटा मोबाईल लुटेर लगेको पीडित चौधरीको भनाई छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिए पनि पहिचान खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट