युद्धग्रस्त गाजाको एक अस्पतालमा विद्युत कटौती हुँदा ३९ जना शिशुको मृत्यु

काठमाडौं– युद्धग्रस्त क्षेत्र प्यालेस्टाईनको गाजास्थित अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ जना शिशुको मृत्यु भएको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा विद्युत कटौती हुँदा अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३९ जना शिशुको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ भन्दै पहिले नै सचेत गराएको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–कैलाले अस्पतालमा विद्युत कटौती हुँदा ३९ जना शिशुको मृत्यु भएको पुष्टि गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट