अस्पतालको चौथो तलाबाट हामफालेर विरामीले ज्यान फाले

काठमाडौँ– सेती प्रादेशिक अस्पतालको भवनबाट हामफालेर एक जना बिरामीले ज्यान फालेका छन्।
अस्पतालको चौथो तलाबाट हामफालेका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो करिव सवा १ बजे हाम फालेका थिए। उनले सोमबार मृगौलाको डायलाइसिस गराएका थिए।
डायलाईसिसपछि वार्डमा सारिएका उनले श्रीमतीलाई ‘एकै छिनमा आउँछु’ भन्दै बाहिर निस्किएर हामफालेको अस्पतालले जनाएको छ। गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि आकस्मिक कक्षमा पु¥याएको केही बेरमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पतालमा सिंह ७ वैशाखदेखि भर्ना भएको जनाएको छ।
प्रतिक्रिया