भाटभटेनीबाट १ बोतल रक्सी र ५ बट्टा चुरोट चोरेको आरोपमा लहानका २० वर्षीय महतो पक्राउ

काठमाडौँ– काठमाडौँको तीनकुनेमा १५ चैत ०८१ मा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट गर्ने मध्येका सिरहाको लहान नगरपालिका–४ का २० वर्षीय दिने महतो पक्राउ परेका छन्।

काठमाडौं–३२ स्थित कोटेश्वरमा बस्दै आएका महतोलाई प्रहरीले एक बोतल रक्सी र ५ बट्टा चुरोट चोरेको आरोपमा पक्राउ गरेको हो। अनुशन्धानको थप प्रमाण र सीसीटीभी फुटेजका आधारमा महतो पक्राउ परेका हुन।

प्रहरीका अनुसार महतोले कोटेश्वर क्षेत्रको एउटा होटलमा उधारो रक्सी खाएका रहेछन्। भाटभटेनीबाट चोरेको रक्सी उनले त्यही होटलमा दिएको र विदेशी चुरोट आफूले प्रयोग उनले प्रहरीमा बयान दिएका छन्।

प्रहरीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा उनीविरुद्ध अनुसन्धान गरिरहेको छ। महतो यही प्रकरणमा दोस्रो पटक पक्राउ परेका हुन। पहिलो पटक पक्राउ पर्दा मुख्य घटनामा संलग्नता पुष्टि नभएको भन्दै प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो।

तर, १२ वैशाखको प्रतिनिधिसभाको वैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘भाटभटेनीबाट मदिरा लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई पक्राउ गरेर छोडियो।’ भन्दै गम्भिर प्रश्न उठाएपछि महतो पुनः पक्राउ परेका हुन।

नेताका छोरा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरिएको तर, स्क्रिनिङ गरेर छाडिएकाहरूको अनुसन्धान गरेको थियो। त्यहीक्रममा महतो पक्राउ परेका हुन। तर, उनी नेताका छोरा नभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट