इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बाख्रा चराउन गएका ५ मर्षमुनिका २ बालिकाको मृत्यु

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिका–५ का दुई जना बालिकाको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–२ का सन्तोष साहले पर्सागढी नगरपालिका–५ मा सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसानाको मृत्यु भएको हो।

सिकिस्त अवस्थामा फेला परेका दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुवै जना बिहान बाख्रा चराउन गएका थिए। खेल्ने क्रममा उनीहरू खाल्डोमा जमेको पानीमा डुबेको हुन सक्ने प्रहरीको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट