सप्तरी कारागारबाट थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी अनुशन्धानमा तानिए

राजविराज — सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट एक जना थुनुवा फरार भएका छन्।

चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीकै शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल आइतबार राति फरार भएका हुन्। उनी गत ६ पुस देखि पुर्पक्षका लागि कारागारमा थुनामा थिए।

उनी कुन वेला र कसरी भागे भन्ने एकिन भएको छैन। राति हावा हुण्डरी र चट्याङ परिरहेको बेला भागेको हुन सक्ने आँकलन गरिएको छ। बिहान थुनुवा र कैदी गणना गर्दा संख्या नपुगेपछि मण्डल भागेको खुलासा भएको थियो।

उच्च सुरक्षा सर्तकता र चारैतिर अग्लो पर्खाल रहेको कारागारबाट उनी कसरी भागे भन्ने आश्चर्यको विषय भएको छ। सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाल मण्डलको खोजी भईरहेको र ड्युटीमा खटिएका प्रहरीहरुमाथि पनि अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट