प्रधानमन्त्री ओली सहभागि कार्यक्रम एमालेकै मन्त्री र प्रदेश सांसदले गरे वहिस्कार

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रम लुम्बिनीमा प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन्।

प्रधानमन्त्री ओलीले उद्द्दाटन गर्ने लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले बहिष्कार गरेका हुन्।

यद्यपी वस्ने ठाउँ नपाएका कारण उनीहरु कार्यक्रम वहिस्कार गरेर हिडेको खुलेको छ। आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए।

एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थल बाट हिँडेको प्रतिक्रिया दिए।

लुम्बिनीकै स्थानीय बासिन्दा समेत रहेको गुप्ताले भने संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार अपेक्षा गर्ने गरेको टिप्पणी गरे ।

उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने बताए।

लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगत देखि राख्दै आएको बताए।

वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो। कार्यक्रमका लागि चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *