जम्मू–कश्मिरमा आतंकबादी हमलामा परी परिवारसहित घुम्न गएका नेपाली युवकको यसरी भयो मृत्यु

काठमाडौँ– भारतको जम्मू–कश्मिर घुम्न गएका एक नेपाली युवकको आतंकवादी हमलामा मृत्यु भएको छ।

रुपन्देशीको बुटवल उपमहानगरपालिका–१४, बेलबरियाका सुदीप न्यौपाने मृत्यु भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । सुदीप परिवारका एक्ला छोरा हुन्।

सुनसरीको धरानमा पब्लिक हेल्थ पढ्दै गरेका हो। उनी ४ दिनअघि (शनिबार) आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेलाई लिएर घुम्न गएका थिए।

उनको मृत्युको खबरले बुवा घरमा विक्षिप्त अवस्थामा छन्। सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको जनाईएको छ।

जम्मू–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन्। सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए। आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।

वडाध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो।

भारतीय मिडिया दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा २७ जना मारिएको जनाएको छ। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्छ।

‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट