धनुषामा तीन सन्तानको हत्या गरी ३० वर्षीया आमाले गरिन आत्महत्या प्रयास

जनकपुर– धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। उनीहरुकी आमा गम्भीर अवस्थामा छिन्।

प्रहरीका अनुसार सुशील साहका ६ वर्षीय छोरा आदित्य तथा छोरीहरु ४ वर्षीया आकृति र २ वर्षीया आरुसीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर सञ्जीव यादवका अनुसार सुशीलकी श्रीमती ३० वर्षीया पविता विष सेवनकै कारण गम्भीर अवस्थामा छिन्। प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ।

सोमबार करिव पौने ७ बजे चारै जनालाई विष सेवन गरेको अवस्थामा फेला पारिएको थियो। स्थानीयले तत्कालै उपचारका अस्पताल पठाए पनि लाँदालाँदै बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट