शिक्षकहरुको आन्दोलनले चेपुवामा परेपछि शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौँ– शिक्षकहरुको आन्दोलनको चेपुवामा परेर शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन।

बालुवाटार निकट स्रोतका अनुसार भट्टराई राजिनामा बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेकी थिईन। शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेका बेला विभागिय मन्त्रीकोको राजिनामालाई अर्थपूर्ण रुपमा लिईएको छ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने जनाईएको छ। राज्यका निकायले आन्दोलनरत शिक्षकहरुसँग बारम्बार संवाद भइरहेको छ। तर निचोड निस्कन सकेको छैन।

प्रधानमन्त्री स्वयमले देशको ढुकुटीले धान्न सक्ने र पुरा गर्न सीक्ने माग सम्वोधन हुने भन्दै शिक्षकहरुलाई काममा फर्किन आग्रह गरिसकेका छन्। तर, शिक्षकहरु टसकामस नभएपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट