छोरीको भर्ना नभएपछि दुःख सुनाउन पुगेका अभिभावकलाई शिक्षकहरुले कुटे

काठमाडौँ– शिक्षक आन्दोलनका कारण बालबालिका मर्कामा परेकाले आन्दोलनको स्वरुप फेर्न आग्रह गर्दै नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा पुगेका एक जना अभिभावकलाई आन्दोलनकारी शिक्षकले कुटपिट गरेका छन्।

ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयको अभिभावक बताउने गोदावरी नगरपालिका –५ का सनोज महतमाथि शिक्षकहरुले कुटपिट गरेका हुन। उनलाई कुटपिट गरिएको भीडीओ सामाजिक सञ्जालमा बाहिरिएको छ।

भीडीओमा महतले आफ्नो छोरीको भर्ना हुन नपाएपछि सडकमा आउन बाध्य भएको बताएका छन्। स्कुल बन्द गरेर आफनो बच्चाको भविष्य वर्वाद गर्न नपाइँने उनले बताएका छन्। ‘जुन विद्यालयमा मेरो छोरी पढ्छ, त्यो विद्यालय गोदावरीकोे नं. १ विद्यालय हो। तर यसपालि डीएलईमा ३९ जनामा जम्मा ६ जना मात्रै पास भएका छन्’ उनले भनेका छन्।

आफनो लागि सरकार नै शिक्षक र शिक्षक नै सरकार भएको भन्दै उनले विद्यार्थी नपढाएर सडकमा नाचेर बस्न नपाउने बताए। ‘मेरो लागि सरकार शिक्षक पनि हो। मेरो लागि शिक्षक सरकार पनि हो। तपाईंहरुले आन्दोलनको स्वरुप फेर्नुपर्छ। तपाईंहरुले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ।’– उनले भनेका छन्।

महतले बोल्दाबोल्दै केही शिक्षकले उनलाई रोकेका थिए। आन्दोलनमा आएर गुण्डागर्दी नगर्न भन्दै उनीहरुले रोकेपछि महतले ‘आज आफू एकजना आएको, भोलिदेखि अरु अभिभावक पनि आउने’ बताए। उनलाई शिक्षकहरुले बाहिर जान भनेपनि उनी नमानेर सडकमै बसे। ‘जे जे गर्न मन छ गर्नु’ भन्दै सडकमा बसेका उनलाई प्रहरीले बाहिर निकालेको थियो।

त्यही मौका छोपेर शिक्षकहरुको एक समूहले उनीमाथि हातपात र कुटपिट गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट