ताप्लेजुङमा जिपमा करेण्ट लागेर मृत्यु हुने चारै जनाको पहिचान खुल्यो, घाईते आमाछोरा ललितपुरका

विराटनगर– ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु हुने चारै जनाको पहिचान भएको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० की सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का करिव ४२ वर्षीय दुर्गा भट्टराई छन्।

यसैगरी, घाइते हुनेहरुमा ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय छन्। उनीहरुलार्य उपचारका लागि काठमाडौँ लाने तयारी भईरहेको छ।

त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए। प्रहरीका अनुसार सबिना र उनका छोरा खतराभन्दा बाहिर छन्।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान करिव ५ बजे फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा करेण्ट लागेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट