चारकोसे जंगलमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

इटहरी — धरान–इटहरीबीच चारकोसे जंगलमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका थिए। तीमध्ये इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते छन्।

चालक र बस्नेतको अवस्था सामान्य रहेको छ। कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित बिराट मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट