विहे गर्न नमान्दा युवतीमाथि गोली प्रहार, यस अघि नै भएको थियो अपहरण प्रयास

काठमाडौँ– रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा होटल ब्यवसाय गर्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई गोली हानिएको घट्ना विवाहसँग जोडिएको छ। उनीमाथि शनिबार विहान गोली प्रहार भएको थियो।

कम्मरमाथि ढाडमा गोली लागेर घाईते भएकी उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रेफर गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ईन्द्रबहादुर रानाका अनुसार टिकालाई गोली हान्ने भारतीय नागरिक हुन। बिहान करिव ९ बजे गोली प्रहार गरी उनी फरार भएका थिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

घटनास्थल र वरपरका सिसिटिभी फुटेज हेर्दा उनी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए। घरको ढोका खोली गोली प्रहार गरेर सोही मोटरसाइकलमा उनी फरार भएको देखिएको प्रहरीले जनाएको छ। गोली प्रहार गरिएको पेस्तोल पनि प्रहरीले फेला पारेको छैन। तर, घटनास्थलमा भेटिएको गोलीको खोकाको आधारमा कटुवा पेस्तोलले गोली प्रहार गरिएको रानाले बताए।

पाल्पाको रैनादेवि छहरा घर भई बुद्धनगरमा साझेदारीमा होटल सञ्चालन आएकी खत्री अविवाहित हुन्। आफूलाई केही महिनादेखि सितारे आलम भन्ने भारतीय नागरिकले विवाह गर्न पटक–पटक दबाव दिँदै आएको र गर्न नमाने मारिदिने भन्दै धम्की दिने गरेको उनले बताएकी छिन्। विवाह नगरे गोली हानेर मारिदिने भन्दै भिडियो कलमार्फत पेस्तोल समेत देखाएको उनले प्रहरीलाई बताएकी छिन्।

प्रहरीका अनुसार ती व्यक्तिले केहि महिना पहिले पनि खत्रीलाई बुटवलमै आएर अपहरण गर्ने प्रयास गरेका थिए। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट