बुटवलमा एक युवतीमाथि गोली प्रहार, भारतीय युवकसँग थियो विवाद

काठमाडौँ– रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ।

पाल्पाको रैनादेवि छहरा गाउँपालिका घर भई बुटवल उपमहानगरपालिका– ११, बुद्ध नगर बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कम्मर माथि गोली लागेकी टिकाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

डीएसपी इन्द्रबहादुर रानाका अनुसार टिकाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद गरेकी थिईन। तीनै युवकले उनीमाथि गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट