११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकाबाट भर्खर आएका कोईराला पक्राउ

विराटनगर– अमेरिकाबाट केही दिनअघि मात्रै नेपाल आएका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का एक ब्यक्ति ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

अमेरिकाको टेक्सासमा वस्दै आएका ५५ वर्षीय अर्थराज कोईरालालाई प्रहरीले पक्राउ गरेको हो। कोइराला अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको हिरासतमा छन्। नावालिकाको परिवारका सदस्यले किटानी जाहेरी दिएपछि कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिकाको टेक्सासमा बसेर ड्यासफोरा राजनीतिमा संलग्न रहेका कोईराला केहिसमय अघि मात्रै नेपाल आएका हुन्।

सुनसरीका एसपी सुमन तिम्सिनाले बाल यौन दुर्व्यवहारको आरोपमा सोधपुछका लागि कोइरालालाई नियन्त्रणमा लिइएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट