यौन दुर्ब्यवहारमा परेको ४ महिनासम्म न्याय नपाएपछि मृत फेला परेकी युवतीको परिवारले किन दिएन जाहेरी ?

लहान– यौन दुव्र्यवहारमा परेर ४ महिनादेखि न्याय खोजिरहेकी सिरहाकी एक युवती आफनै घरमा मृत फेला परेको घट्ना थप जटिल बनेको छ। पीडित परिवारका सदस्यहरु नै कानुनी कारवाहीका लागि उजुरी दिन तयार नभएपछि अनुशन्धान नै प्रभावित हुने खतरा वढेको छ।

सिरहाको नवराजपुर गाउँपालिका–३, दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदाय मंगलबार दिउँसो घरमै मृत फेला परेकी थिईन। यो घट्नापछि देशब्यापी रुपमा घट्नाको निस्पक्ष छानविन र दोषीलाई कारवाहीको माग उठिरहेको छ। गृहमन्त्री रमेश लेखकले बुधबार आईजीपी दिपक थापालाई फोन गरेर घट्नाको छानविन गर्न निर्देशन दिईसकेका छन्।

तर, मृतककै परिवार भने कानुनी प्रक्रियामा जान तयार भएको छैन। परिवारका सदस्यले असुरक्षित महसुस गरेको नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले वताए। पीडित निकै डराएको पाइएको र उनीहरु कानुनी कारबाही प्रक्रियामा अगाडि बढ्न सकारात्मक नदेखिएको उनको भनाई छ।

घट्नाका विषयमा विहिबार पीडित परिवार, दलितका अगुवा र कानुन व्यवसायीबीच छलफल जाहेरी दिने विषयमा छलफल भएको थियो। त्यस क्रममा आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव, घट्नालाई गाउँमै मिलापत्र गराउन खोज्ने सञ्जीवका बुबा उपेन्द्र यादव, श्यामसुन्दरका बुबा शिवदत्त यादव, स्थानीय नरेन्द्र यादव, इलाका प्रहरी कार्यालय, महेशपुर पतारका इन्स्पेक्टर रवीनराज मैनाली तथा मुद्दा फाँटका प्रहरीविरुद्ध जाहेरी दिने विषयमा छलफल भयो। तर, पीडित परिवारले जाहेरी दिने विषयमा हिम्मत जुटाउनै नसकेको संघका प्रवक्ता सदा बताउँछन्।

घटनापछि पीडित परिवारलाई डर–त्रास देखाउने र धम्क्याउने क्रम बढेको उनको भनाइ छ। य पीडकलाई कारबाही गर्नुभन्दा घटना मिलाउने नाममा हतोत्साहित बनाउने र लज्जित पार्ने काम भएकाले पीडितले मृत्युवरण गरेको दलित अगुवाहरुको तर्क छ।

परिवारिक स्रोतका अनुसार ९ पुसमा आनन्दमाथि गाउँकै आँप बगैंचामा सामूहिक बलात्कारको प्रयास भएको थियो। घट्नाको विषयमा सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिइए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको खुलेको छ।

पीडित परिवारले दबाब दिएपछि घट्नाको अढाइ महिनापश्चात २५ फागुनमा उनको जाहेरी त दर्ता भयो तर आरोपित पक्राउ गर्न प्रहरीले चासो दिएन। आरोपित युवा अझै पनि पक्राउ परेका छैनन्। न्याय नपाएपछि तनावमा रहेकी आनन्दी मृत अवस्थामा फेला परेकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट