टिप्परसँग ठोक्किएर कार चालकसहित २ जनाको मृत्यु, टिपर चालक फरार

जनकपुर– बारामा शुक्रबार दिउँसो कार र टिपर ठोक्किएर दुई जनाको मृत्यु भएको छ। पथलैया–निजगढ सडकखण्डको १३ किलोमा दिउँसो करिव ३ बजे दुर्घटना भएको हो।
दुर्घटनामा कारमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कार चालक र सर्लाहीको बरथवा नगरपालिका–१५ हजरियाका ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको हो।
मृतक कार चालकको भने पहिचान भएको छैन। पथलैयाबाट निजगढतर्फ जाँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार र निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर आपसमा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनामा कार क्षतिग्रस्त भएको छ भने टिपर सडक छेउमा पल्टिएको छ। टिपर चालक फरार भएकाले खोजी भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया