मधेशका पूर्वप्रदेश प्रमुख अहिराज विरुद्ध बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी

काठमाडौँ– मधेश प्रदेशका पूर्वप्रमुख डा.राजेश अहिराज विरुद्ध बलात्कार मुद्दामा जोहरी दर्ता भएको छ।
मधेशी मुलकै एक १७ वर्षीया नाबालिकाले शारीरिक तथा मानिसक शोषण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराज विरुद्ध जाहेरी दिएकी छिन्। नाबालिकाले गत १० माघमा परिसरको भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएको खुलेको छ।
राष्ट्रिय महिला आयोगमा समेत पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन्। त्यसपछि ३ फागुनमा उनको जाहेरीलाई प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेख गरिएको छ।
प्रहरी स्रोतका अनुसार अहिराजविरुद्ध पक्राउ पुर्जीसमेत जारी भईसकेको छ। पक्राउ पुर्जी जारी भएको ४ दिन वितिसक्दा समेत उनी प्रहरीको सम्पर्कमा पुगेका छैनन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता (एसपी) अपिलराज बोहोराले जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए। जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनको भनाई छ।
स्रोतका अनुसार घट्ना निकै पुरानो हो। केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा अहिराजलाई प्रदेशको प्रमुख नियुक्त गरेका थिए।