विमानस्थलमा दुवईबाट फर्केका युवालाई हातपात गर्ने तीन जना प्रहरी कारवाहीमा, छानविन हुँदै

काठमाडौँ– दुवईबाट १० दिनको छुट्टीमा नेपाल आएका मोरङका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने र मुक्का प्रहार गर्ने तीन जना प्रहरी कार्वाहीमा परेका छन्।
वैदेशिक रोजगारीबाट बिदामा फर्किएका ओझामाथि ३१ चैतमा विमानस्थल सुरक्षामा खटिएका २ प्रहरी र एक जना ट्राफिक प्रहरीले अपराधीलाई झैं ब्यवहार गर्दै कुटपिट गरेका थिए। उक्त भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको आलोचना भईरहेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालले तीनै जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षाबाट हटाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए।
दूबईमा मार्केटिङको काम गर्दै आएका ओझा ३१ चैतमा काठमाडौं आएका थिए। विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि उनीमाथि दुर्व्यवहारसहित आक्रमण गरिएको थियो। उनी स्वयमले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा उक्त भीडीओ राखेपछि घट्ना वाहिरिएको थियो।
ओझाका अनुसार, उनी आफन्तको विवाहमा सहभागि हुन १० दिनको बिदा लिएर आएका हुन। विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनीसँग ट्रली बाहिर निकालेको विषयमा विवाद गरेका थिए। आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाए।
तर, प्रहरीले ती ब्यक्तिको संरक्षण गर्दै उल्टै उनलाई दुर्व्यवहार गरे। भीडीओमा देखिए अनुसार उनलाई ठुलै अपराधिलाई गर्ने शैलीमा दुवै हात मर्काएर ढाड पछाडि फर्काईयो। वाहिरबाट जवर्जस्ती हुत्याउँदै भित्र लगियो। भित्र लाने क्रममा अनुहारमा प्रहरीले नै मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ।
कुटपिट नगर्न अरुले गरेको आग्रहलाई समेत प्रहरीले वेवास्ता गर्दै वाटोभरी नै हातपात र आक्रमण गरेको भीडीओमा देखिएको छ।
यो पनि,