कवाड संकलक मजदुरलाई दुर्व्यवहार गरेपछि आलोचनाको केन्द्रमा बालेन सेना

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र साह)को निर्देशनमा कवाड र फुटपाथ ब्यापारी÷ब्यसायीप्रति आक्रमक रुपमा प्रस्तुत हुने गरेको नगर प्रहरी फेरी एक पटक सर्वसाधारणको आलोचनाको केन्द्रमा छ।

बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल खोसेर अभद्र र अमर्यादित व्यवहार गरेपछि बालेन सेनाको आलोचना भएको हो। तिव्र आलोचनापछि नगरप्रहरीले मजदुरको साईकल फिर्ता गरेको छ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार मजदुरलाई दुर्व्यवहार गर्ने नगर प्रहरीका इन्स्पेक्टर शम्भु विष्टलाई समेत कारवाही गरिएको छ। ‘हाम्रो इन्सपेक्टरले राम्रो व्यवहार नगरेको सत्य हो। उसले गुड ह्यान्डलिङ गर्न सकेन,’ पाण्डे भने–‘उसलाई कारबाही गरेर फिल्डबाट अफिसमा तानिएको छ।’

मजदुरको साईकल समेत फिर्ता गरिएको उनले पुष्टि गरे। पाण्डेले स्थानीयको गुनासो तथा लिखित र मौखिक उजुरी समेत आएपछि खटिएको प्रहरीले कवाड संकलकको साईकल खोसेको वताए।

‘बिहान डिस्ट्रब हुनेगरी टिना/फलाम भन्दै हल्ला गरेको गुनासो आएको थियो। सोही गुनासो सम्बोधन गर्ने क्रममा मंगलबार त्यस्तो भएको हो’ पाण्डेले भने।

फुटपाथ व्यवसायी, कवाडी संकलक तथा ठेलागाडा र साईकलमा सामान बेच्ने सर्वसाधारमाथि हुने गरेको दुर्व्यवहारका कारण नगर प्रहरीको तिव्र आलोचना हुने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट