महोत्तरीका एक जना पूर्ववडाध्यक्ष आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ

जनकपुर– महोत्तरीको सोनमा गाउँपालिका– ८ का पूर्ववडाध्यक्ष राजदेवप्रसाद यादवलाई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको छ।

३० असार ०८० मा आत्महत्या गरेका गोविन्द महतोको घट्नामा सम्वन्धित भएपछि यादव पक्राउ परेका हुन। मृतक महतोकी आमाले आत्महत्या गर्न बाध्य बनाएको भन्दै पूर्ववडाअध्यक्ष यादवमाथि किटानी जाहेरी दिएकी थिईन।

उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि मृतककी आमाले उच्च अदालत जनकपुरधाममा निवेदन दिएकी थिइन्। उच्च अदालतले यादवलाई पक्राउ गरी मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा परमादेश जारी गरेको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई सोमबार पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट