स्वदेश फर्किएका युवकमाथि विमानस्थल प्रहरीद्वारा अपराधिलाई झै मुक्का प्रहार, यस्तो छ भीडीओको सत्यता

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकमा दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भीडीओ भाइरल छ।

यो भीडीओ सार्वजनिक भएपछि ‘प्रहरी मेरो साथी र मुस्कानसहितको प्रहरी’ को व्यवहारलाई लिएर सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ। भीडीओमा प्रहरीको दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा हुन् भने घट्ना आइतबार बिहान करिव साढे ११ बजेको हो।

युएईमा मार्केटिङको काम गर्दै आएका ओझा करिब १० महिनापछि आफन्तको विवाहमा सहभागि हुन १० दिनको विदा लिएर नेपाल आएका हुन। उनलाई एक ट्राफिकसहित तीन जना प्रहरीले ठुलै अराधिलाई झै हात पछाडि मर्काएर आगमन कक्षभित्र लगेका थिए। प्रहरी हवल्दारले युवकको अनुहार र खुट्टामा प्रहार गरेको पनि भीडीओमा देखिन्छ।

दुई मिनेटको यो भिडिओमा खिचिरहेका व्यक्तिले युवकलाई कुटपिट नगर्न अनुरोध गरेका छन्। एक युवतीले पनि कुटपिट नगर्न प्रहरीलाई आग्रह गरिरहेको देखिन्छ। उनी युवककी श्रीमती भएको खुलेको छ। कुटपिट र दुर्व्यवहारपछि प्रहरीले केही वेरपछि उनलाई छोडेको थियो।

ओझाले आफ्नै देशमा राज्यबाटै नागरिक असुरक्षित भएको भन्दै चित्त दुखाएका छन्। आगमन कक्ष बाहिर ट्रली लिएर बसिरहँदा आफुलाई विमानस्थलको कर्मचारी वताउँने एक जना व्यक्ति आएर ट्याक्सीबारे सोध्न थालेको र आफुले ट्याक्सी नचाहिएको बताएपछि समस्या सुरु भएको उनले बताए।

‘ट्रली लिएर म कुरिरहेको थिएँ। एक जना मान्छे आएर ट्याक्सीको विषयमा कुरा गर्नुभो मैले चाहिँदैन भने। म उभिएको ठाउँमा पहिले ट्रली राख्न मिल्थ्यो। अहिले १० महिनापछि आउँदा उनले यहाँ ट्रली राख्न मिल्दैन भनेर भने। उनको रूखो व्यवहारले मलाई अत्यन्त्रै नरमाईलो लागिरहेको थियो। त्यसपछि उनी गाली नै गर्न थाले।’– ओझाले भनेका छन्।

विमानस्थलकै कर्मचारी वताउँने ब्यक्तिले अभद्र व्यवहार गर्न थालेपछि आफुले उनीसँग आईडी कार्डमा मागेको र त्यही विषयलाई भयंकर बनाएर आफुमाथि अपराधिलाई झै ब्यवहार गरिएको ओझाको गुनासो छ। ‘अधिकार नै नभएका ट्राफिक प्रहरीले मेरो हात बटारे। अझै दुखिरहेको छ। अनुहारमा मुक्का हाने, ओठमा चोट लागेको छ।’– उनले भने।

यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा दिईरहेको नेपाल प्रहरीको नेपाल प्रहरीको सुरक्षा कार्यालय गौचरनका एसपी लालध्वज सुवेदीले भने युवाको अटिट्युडका कारण लफलडा भएको बताएका छन्। ‘भिडिओ भाइरल बनेपछि हामीले पनि बुझ्ने काम गर्यौ। सिसिटिभी फुटेज र अन्य विवरणहरु हेर्दा उनले माथिदेखि नै ‘लफडा’ गरेको देखिएको छ’ एसपी सुवेदीले भने–‘उनले भन्सारकै कर्मचारीदेखि ट्याक्सी चालकसँग पनि लफडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।’

बाहिर सम्झाउँदा पनि नमानेपछि उनलाई भित्र लगिएको सुवेदीको भनाई छ।

 

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट