मध्येरातमा २ युवकमाथि छुरा प्रहार, दुई जना पक्राउ

विराटनगर– धनकुटाको धनकुटा नगरपालिका–५ बिहीबारे हाट नजिक सोमबार राति दुई युवकमाथि छुरा प्रहार भएको छ।
राति साढे ११ बजे भएको घटनामा स्थानीय १७ वर्षीय आयुष राई र कुशल राई घाईते भएका छन्। कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट लागेको छ।
कुशलको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र आयुषको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बु पक्राउ परेका छन्। खड्गी नाशल चोक र लिम्बुलाई शिव मन्दिर नजिकबाट पक्राउ परेका हुन।
छुरा प्रहार भएको कारण खुलेको छैन। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया