साढे ७ घण्टाको फरकमा जाजरकोटमा २ पटक भुकम्प

काठमाडौं– जाजरकोटमा सोमबार राति साढे ७ घण्टाको फरकमा दुई पटक भूकम्प भएको छ। राति ९ बजेर ३१ मिनेटमा पहिलो र विहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प भएको हो।

राति जाजरकोटको कुशे गाउँपालिकास्थित पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो भने त्यसको करिब साढे ७ घण्टापछि बिहान सोही ठाउँलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प भएको हो।

भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण प्राप्त भएको छैन। यसअघि गत २१ चैतको साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेटमा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प भएको थियो।

पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५. ५ म्याग्निच्युडको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट