यौन सन्तुष्टिका लागि हुलाकबाट महिला सहकर्मीलाई विर्यसहितको कण्डम उपहार पठाउने ब्यक्ति पक्राउ

काठमाडौँ– जापानमा १५ किलोटर टाढा रहेकी महिला सहकर्मीलाई क्षणिक यौन आनन्दका लागि हुलाकबाट विर्यसहितको कण्डम पठाउने पुरुष पक्राउ परेका छन्।

जापानको प्रहरीले नेयागावाका ४३ वर्षे यासुहिरो नाकाजिमालाई विहिबार पक्राउ गरेको हो। यासुहिरोले आफनो विर्यसहितको कण्डम खाममा हालेर हुलाकबाट महिला सहकर्मीलाई पार्सल पठाएका थिए।

१५ किलोमीटर टाढाको ओसाकास्थित अर्को हुलाक कार्यालय अन्तर्गतमा रहेकी महिलालाई पार्सल पठाउने उनी अहिले प्रहरी हिरासतमै छन्। हुलाकका कर्मचारीले खामभित्र चिठीको सट्टा शंकास्पद वस्तु भएको आशंका गरेपछि सुरक्षाकर्मीलाई खवर गरेका थिए।

सुरक्षाकर्मीले प्रारम्भिक अनुशन्धानपछि चिठी नभएको निश्चित गरेर खाम खोलेको थियो। खाममा विर्यसहितको कण्डम फेला परेपछि त्यसको डीएनए परीक्षण गरिएको र विर्य उनकै भएको निश्चित गरी यासुहिरोलाई पक्राउ गरिएको हो।

उनले सुरुमा आनाकानी गरेका थिए। पछि ‘यौन आनन्द’का लागि त्यस्तो गरेको स्वीकारेको जापानको निप्पोन टेलिभिजनले उल्लेख गरेको छ।

प्रहरीसँगको वयानमा यासुहिरोले भनेका छन्, ‘मेरो यौन चाहनालाई आनन्दमा परिणत गर्न त्यसो गरेको हुँ। अरु कुनै उध्देश्य छैन। प्रहरीले उनको निवासबाट त्यस्तै कण्डम हालिएका अरु दुई वटा खाम पनि फेला पारेको छ। उनले यसअघि पनि खामभित्र कण्डम हालेर पठाउने गरेको अनुशन्धानमा खुलेको छ।

अर्कोतर्फ अष्ट्रेलियाको मेलबर्नमा पनि सन् २०२३ मा ६० जनाभन्दा बढी महिलाले आफ्नो घर ठेगानामा हस्तलिखित पत्रसहित खाममा प्रयोग भइसकेका कन्डम प्राप्त गरेका थिए। ती सबै सन् १९९० मा एउटै माध्यमिक विद्यालयका छात्रा थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट