सम्पत्तिको विवादमा चुनकुमारीको हत्या, देवर देउरानी र नन्दसहित ४ जना पक्राउ

इटहरी– सुनसरीको धरानस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको परिवारकै सदस्यले हत्या गरेको खुलासा भएको छ। हत्या आरोपमा चार जना पक्राउ परेका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका–१ मा माईती र वडा नं. २ मा घर भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी सोमबार धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी थिईन। तर, विहिबार मात्रै शवको पहिचान भएको थियो।

श्रीमान प्रेमबहादुर बुढाथोकीसँग सम्वन्ध खासै राम्रो नभएपछि चुनकुमारी पछिल्लो २ वर्षयता छोरालाई पढाउन भन्दै इटहरी उपमहानगरपालिका–२, हलगडामा बस्दै आएकी थिईन। चुनकुमारी र प्रेमबहादुरबीच करिब १६ वर्षअघि विवाह भएको थियो। उनीहरुका १३ वर्षीय छोरा छन्।

प्रेमबहादुर रोजगारीका लागि कोरियामा छन्। कोरियाबाट आएर उनी करिब ३ महिना अघि पुनः कोरिया नै फर्किएका थिए। चुनकुमारीको हत्यामा श्रीमानसँगको खटपट र सम्पत्तिको विवाद कारण देखिएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार घरमा सम्पत्तिका लागि विवाद देखिएको छ।

यिनै दुई कारणलाई आधार बनाएर घट्नाको अनुशन्धान गरिरहेको प्रहरीले मृतकका देवर, देउरानी र नन्दसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। एक जना भने परिवार वाहिरका ब्यक्ति छन्। उनीहरुले चुनकुमारीलाई फकाएर जंगलमा लगी घाँटी कसेर हत्या गरेको हुनसक्ने आशंका छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले घटनाको अनुसन्धान भइरहेको बताए। घटनाको विषयमा सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिएपछि यकिन हुन बाँकी रहेको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट