सर्लाहीमा ट्रकले साइकललाई ठक्कर दिँदा दिदीको मृत्यु, बहिनी घाइते

जनकपुर– सर्लाहीमा ट्रकले साईकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ भने उनकी १५ वर्षीया वाहिनी घाईते भएकी छिन्।

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैया बजारमा शुक्रबार विहान ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा ईश्वरपुर नगरपालिका– १३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो।

साइकलमा पछाडि बसेकी उनकी बहिनी १५ वर्षीया पूजाकुमारी घाइते भएकी छिन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका– १० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक पक्राउ परेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीका डीएसपी सरोज राईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट