भारतबाट नेपाली स्कारपिओमै ल्याईएका थिए दुर्गा प्रसाईँ, हतकडी लगाएर पुर्‍याईयो विमानस्थल

काठमाडौँ– मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले हत्कडी लगाएर झापाको चन्द्रगढीबाट काठमाडौं विमानस्थल पुर्‍याएको छ।

प्रसाईँ र उनका बडिगार्ड दीपक खड्का चढेको बुद्ध एअरको फ्लाइट काठमाडौँमा अवतरण भईसकेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलेले दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्का झापाको भद्रपुरबाट पक्राउ परेको जानकारी दिएका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै आचार्यले प्रसाईं र खड्कालाई काठमाडौं ल्याइँदै गरेको उल्लेख गरेका छन्। प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रसाईंलाई भारतबाट प्रदेश नम्बर १–०१–००२ च ३७९३ स्कारर्पिओमा चढाएर नेपाल ल्याइएको थियो। बिहान करिव सवा १० बजे उनलाई सीमा क्षेत्रमा ल्याइएको थियो।

त्यसपछि उनलाई केहीबेर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो भने त्यहाँबाट भद्रपुर एयरपोर्टबाट बुद्ध एयरको जहाजमा काठमाडौँ ल्याईएको हो।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ। अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ।

सोही अभ्यासका कारण बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको समाचार फैलिएपछि प्रहरीले खण्डन नै गर्नु परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट