सप्तरीमा जसपाका नेता/कार्यकर्ताको हानाहान, हेलमेट प्रहार गर्दा दुई जनाको टाउको फुट्यो

राजविराज — सप्तरीमा उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालका नेता कार्यकर्ताको कुटाकुट भएको छ। वडा अधिवेशनका क्रममा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको हो।
विष्णुपुर गाउँपालिका–१ को परसाहीमा बिहीबार विवाद हुँदा कुटाकुटको भएको हो। दुई पक्षबीच हेलमेट लगायतका घरेलु सामानले हानहान हुँदा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन्।
दुवैजनाको टाउको फुटेको छ। उनीहरुलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ। जसपाले गत चैत २६ देखि सप्तरीमा वडा र पालिका अधिवेशन गरिरहेको छ।
प्रतिक्रिया