काठमाडौँबाट रामेछाप जाँदै गरेको बस बिपी राजमार्गमा दुर्घटना, ११ जना घाईते

काठमाडौँ– काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रु बस बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन्।

रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजे सडकबाट चिप्लिएर दुर्घटना भएको हो। बस बाँसको झ्याङमा खसेको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ। ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बस चिप्लिँदा खाँदबारीबाट काठमाडौँ जाँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो। हाइसका यात्रु सकुशल छन्।

पानी परेपछि चिप्लो भएको सडकमा ब्रेक नलाग्दा उक्त बस हायसलाई ठक्कर दिँदै सडक तल खसेको काभ्रे प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट