हजुरआमाको चप्पल खोज्न नारायणी नदीमा पसेका १३ वर्ष मुनिका दिदीभाईको डुबेर मृत्यु

काठमाडौँ– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा डुवेर १३ वर्ष मुनिका दिदीभाईको मृत्यु भएको छ।

मंगलबार साँझ नारायणीमा बेपत्ता भएका गैँडाकोट– १ का १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको शव बुधबार फेला परेको छ। साँझ साढे पाँच बजे नारायणीमा डुबेर बेपत्ता भएका उनिहरुको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो।

स्वप्निलको शव ३५ फिट र दिक्षाको शव ५० फिट गहिराइबाट निकालिएको सहस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

स्थानीयका अनुसार उनीहरु हजुरआमासँगै ब्रिटिसक्याम्प गएका थिए। हजुरआमाको चप्पल नदीमा खसेकाले खोज्न भन्दै नदीमा हेलिएका उनीहरु भंगालोमा परेपछि बाहिर निस्कन नसकेका हुन।

उनीहरूको शव पोष्टमर्टमपछि परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट