९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

विराटनगर– ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ हर्कपुरका १४ वर्षीय बालकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी कर्सियाले बालकलाई मंगलबार साँझ पक्राउ गरेको हो। उनलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीको बाल निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ।
बालकले शनिवार दिउँसो करिव साढे १ बजे पीडितको घरमा कोही नभएको मौका पारी दलानमै बलात्कार गरेको आरोप छ।
प्रहरीले घट्नाको अनुशन्धान भईरहेको जनाएको छ।
प्रतिक्रिया