सप्तरीमा साईकल जोगाउन खोज्दा टिपरसँग मोटरसाईकल ठोक्कियो, चालकको अवस्था गम्भिर

राजविराज– सप्तरीको कञ्चनरुपमा मंगलबार साईकललाई जोगाउने क्रममा टिपरसँग ठोक्किएर मोटरसाईकल चालक गम्भिर घाईते भएका छन्।
फत्तेपुरबाट कन्चनपुरतर्फ आउदै गरेको प्र१–०२–००१ क ३९९८ नम्बरको टिफर र फत्तेपुरतर्फ जाँदै गरेको प्र२–०१–००१ प ३५४४ नम्बरको मोटरसाईकल कञ्चनरुप नगरपालिका–६, बलुवामा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाईकल चालक सप्तकोशी नगरपालिका–९ का २५ वर्षीय धर्मराज मण्डल घाईते भएका छन्। अनुहार र घुँडामा चोट लागेका उनलाई प्रहरीले ठेलियास्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर पठाएको छ।
मण्डलको विराट नर्सिङ होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साईकल चालक फरार छन, उनको पहिचान भएको छैन। टिपर चालक सुनसरीको इनरुवा नगरपालिका–८ का २५ वर्षीय रमानन्द साहलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।