धरानको जंगलमा महिलाको शव, हत्या भएको आशंका

इटहरी– सुनसरीको धरानमा हत्या गरेर फालेको अवस्थामा करिव ३० वर्षीया महिलाको शव फेला परेको छ। धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार शव फेला परेको हो।

सुनसरी प्रहरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार महिलाको घाँटी कसेर हत्या गरेको जस्तो देखिएको छ। रुखको फेदमा अडेस लागेर वसे जस्तो बनाई शव छोडिएको उनले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानबाट हत्या जस्तो देखिन्छ। अनुसन्धान हुँदैछ’ एसपी तिम्सिनाले भने। शव कस्को हो भन्ने खुलेको छैन। गोठालो गएकाहरुले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट