राजावादी आन्दोलनमा परी पत्रकार रजक मारिएको घट्ना अनुशन्धान गर्न पूर्व सञ्चारकर्मी एनी कुँवर पक्राउ

काठमाडौँ– काठमाडौँको तीनकुनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पूवसञ्चारकर्मी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाकी ३० वर्षीया एनी कुँवर पक्राउ परेकी छिन्।
पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घट्नामा उनको ब्यवहार शंकास्पद देखिएको भन्दै टिकाटिप्पणी भईरहेका वेला कुँवर पक्राउ परेकी हुन। पत्रकार रजक जलेको घरमा उनले ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
अभिनेत्रीसमेत रहेकी कुँवरले घरमा आगजनी भएपछि फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन्।
प्रहरीले भने प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको बताए।
आगलागीमा जलेर निधन हुनुअघि रजक रहेको कोठाको नजिकैबाट झर्दै गरेकी र भवनबाट वाहिर निस्किएपछि फेसवुक लाईभमा विलौना गर्दै उद्धारको याचना गरेकी एनीलाई धेरैले शंकाको नजरले हेरेका छन्। उनी रजककै पूर्वसहकर्मी पनि हुन।
सञ्चारकर्मीका रूपमा एनीले एभिन्युज टेलिभिजनमा खबरभित्रको खबर कार्यक्रमको समाचारवाचिका र न्युज २४ मा कल २४ कार्यक्रम सञ्चालन गरेकी थिइन्। पछिल्लो समय उनी धार्मिक र राजावादी अभियानमा सक्रिय रहेको बताइन्छ। पूर्वयुवराज पारश साहसँग नजिक रहेको चर्चा र उनीसँगका फोटोका कारण पनि उनीप्रति शंका वढेको देखिएको छ।
एनी कुनै समय नेपाली फिल्मकी अभिनेत्री पनि हुन। एघार बर्ष अघि ऋषि न्यौपानेको निर्देशनमा बनेको फिल्म ब्रह्मा बाट रजतपट यात्रा सुरु गरेकी एनीले पछिल्लो पटक ३ भदौ ०७९ मा प्रदर्शनमा आएको फिल्म ‘माइकल अधिकारी’मा डाक्टरको भूमिका निभाएकी थिइन्। उनी ब्रह्माबाट एनएफडीसि अवार्डमा उत्कृष्ट नव अभिनेत्रीको विधामा मनोनित समेत भएकी थिईन।
केही म्यूजिक भिडियो विज्ञापन र चार वटा फिल्ममा अभिनय गरेकी एनी, मिस राजधानी २०१२ को विजेता पनि हुन। सामाजिक सञ्जालमा शंकाको रुपमा हेरिए पनि एनीले भने घटनापछि आफूले आगो निभाउन सक्दो प्रयास गरेको र सुरक्षा निकायलाई खबर गरेको बताएकी छिन्।
फेसबुक लाइभ गर्दै आगलागी नियन्त्रणका लागि गुहार गरेको बताएकी छिन्। प्रशासन र दमकललाई खबर गरिसक्दा पनि कोही समयमा आउन नसकेको र अन्ततः आफू नै कोही छ कि भनेर ज्यान जोखिममा राखेर आगो निभाउन गएको बताएकी छिन्।
उनले भवनमा प्रहरीले भए/नभएको थाहा नपाएको तर पत्रकार, अभियन्ता र केही अन्य व्यक्तिहरू कोही रिपोर्टिङ, कोही सामान उठाउन खोज्दै गरेको देखिएको बताइन्। आगो निभाउने क्रममा उनलाई पनि धुवाँ र ग्यासले असर गरेको र केही पत्रकारले सहयोग गर्नुको सट्टा भिडियो खिच्नमै ध्यान दिएको गुनासो उनको छ।
उनले आगो निभाएपछि केही समय राहत महसुस गरेको तर माथिल्लो तलाबाट आगो तीव्र रूपमा फैलिएपछि परिस्थिति नियन्त्रण बाहिर गएको बताइन्। भागदौडकै क्रममा उनलाई अन्य पत्रकारहरूले धकेलेर बाहिर ल्याएको र त्यसपछि मात्र सहकर्मी सुरेश रजक त्यहीँ थुनिएको थाहा पाएको बताइन्।
यो पनि,