दुई दिन प्रहरी हिरासतमा बसेपछि रवि लामिछाने कारागार चलान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन्।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ।
शुक्रबार राति बुढानिलकण्ठस्थित निवासबाटै पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा लगिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
एक दिन शनिवार र अर्को दिन रामदवमीको सार्वजनिक बिदा भएकाले उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो।
प्रतिक्रिया