बीपीको शालिकमा कस्ले दल्यो कालो मोसो, के भन्छ प्रहरी ?

काठमाडौँ– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा कालो मोसो दलिएको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

कोईरालाको शालिकमा राजावादी समूहले मोसो दलेको भन्दै विरोध भएको छ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि जोडिएको छ। राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिबार साँझ राँके जुलुस निकालिएको थियो।

सोही क्रममा शालिकमा मोसो दलिएको आरोप छ। नेपाली कांग्रेसकी नेत्री एवम् नेपालगञ्जकी पूर्वउपमेयर उमा थापामगरले अराजक समूहले बीपीको अनुहारमा कपडा फ्याँकेको बताइन्।

तर प्रहरीले भने शालिकमा कालो मोसो दलिएको नभई बोराको टुक्रा परेको जनाएको छ। आन्दोनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले बताए। उक्त टुक्रा पनि तुरुन्तै हटाएको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट