होलीको विवादले ग्याङ फाईट हुँदा २२ वर्षीय गोलेको ज्यान गयो

काठमाडौँ– काठमाडौँको कालिमाटीमा सोमबार साँझ होलिको विषयमा विवादपछि ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको छ।
ग्याङ फाईटमा घाईत भएका २२ वर्षीय अभय गोलेको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार साँझपख कलंकीको एलआरआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले घट्नाको अनुशन्धान भईरहेको जानकारी दिए।
प्रतिक्रिया