सर्लाहीका किशोर र पोखराकी किशोरीको फेसवुके प्रेमः जंगलमा भेटघाट, पुल्चोकमा बलात्कार

काठमाडौँ– फेसबुके प्रेममा पर्दा कास्कीको पोखराकी एक १५ वर्षीया किशोरी ललितपुरको पुल्चौकमा बलात्कृत भएकी छिन्।
सर्लाही घर भई ललितपुर–३, पुल्चोक बस्ने २४ वर्षीय शिवशंकर पण्डितले किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। पण्डित पक्राउ परेका छन्। अनुशन्धानमा खुलेअनुसार पण्डित र किशोरीबीच २ वर्षअघि फेसबुकमा चिनजान भएको थियो।
उनीहरुबीच समय–समयमा कुरा पनि हुने गरेको र प्रेममा परेको पाईएको छ। पण्डित कामको सिलसिलामा पोखरा पुगेका बेला मर्दिखोला हाइड्रोपावर (कास्की) नजिकै उनीहरुको भेट भएको थियो। उनीहरुले सँगै फोटो पनि खिचे। भैँसी गोठालो जाँदा जंगलमा पण्डितसँग भेटेको किशोरीले बताएकी छिन्।
एक वर्षअघि पण्डित जागिर छोडेर इन्जिनियरिङ पढ्न पुल्चोक इन्जिनियरिङ कलेजमा भर्ना भए। त्यसपछि पनि उनीहरुबीच फेसबुक म्यासेन्जरमा कुराकानी हुने गरेको थियो। यसैक्रममा पाण्डितले किशोरीलाई काठमाडौँ बोलाउन थाले।
काठमाडौँ आउनुभन्दा अघिको राति म्यासेन्जरमा कुराकानी हुँदा भोलि बिहानै गाडी चढेर काठमाडौँ आउन उनले किशोरीलाई दबाब दिए। ‘नआए तिमीसँग खिचेको सबै फोटो तिम्रो दिदीलाई पठाइदिन्छु’ भनेपछि २७ फागुनको विहान उनी काठमाडौँ लागिन।
घरबाट स्कुल जान भनेर किताव बोकेर हिडेकी किशोरी स्कुल पुगिनन्। माईक्रो चढेर राति ११ बजे काठमाडौँको नयाँ बसपार्क झरिन। त्यहाँ पुगेपछि पण्डितले उनलाई पुल्चोकस्थित डेरामा लगे। त्यो रात कोठामा आफन्त पनि रहेकाले छुट्टाछुट्टै सुतेको तर भोलिपल्ट (२८ फागुन) एकै खाटमा सुतेका बेला पण्डितले आफुलाई बलात्कार गरेको किशोरीले बयान दिएकी छिन्।
यता, स्कुल जान भनेर हिडेकी किशोर घर नफर्केपछि खोजतलास सुरु भयो। त्यसैक्रममा किशोरीकी दिदीले पण्डितमाथि शंका गरिन। उनलाई किशोरी र पण्डितबीच कुराकानी हुने गरेको थाहा थियो। उनले पण्डितको नम्बर आमालाई दिईन। उक्त नम्बरमा सम्पर्क गर्दा छोरी काठमाडौँ पुगेको थाहा भयो।
अर्को दिन आमा काठमाडौँ पुगिन। पण्डितले नै किशोरीलाई नयाँ बसपार्कसम्म पु¥याइदिए। आमा भेटिएपछि किशोरीले आफुमाथि बलात्कार भएको बताएकी हुन। लगत्तै आमाले प्रहरीमा जाहेरी दिएपछि पण्डित पक्राउ परेका हुन।
तर, उनले भने आरोप स्वीकार गरेका छैनन्। प्रहरीसँगको बयानमा उनले फेसबुकबाट चिनजान भएको र पोखरामा काम गर्ने क्रममा भेटघाट भएपछि किशोरीले आफूलाई विवाह गर्न दबाब दिएको दाबी गरेका छन्।
किशोरीले भने झै भेट भएको दिन छुट्टै कोठामा सुतेको र अर्को दिन सँगै सुत्दा आफूले शारीरिक सम्पर्कका लागि अनुरोध गर्दा नमानेपछि चुम्बन गरेर सुतेको उनको बयान छ। प्रहरीले घट्नाको अनुशन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालय ललितपुरलाई पठाएको छ।
प्रहरीको अनुशन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा अघि बढाउने तयारी गरेको छ।