उदयपुरका सीडिओ घिमिरेको सरुवा, प्रेमप्रसाद लुँईटेलको उदयपुरमा पदस्थापन

राजविराज– उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेको सरुवा भएको छ। गृहमन्त्रालयले ११ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गर्दा घिमिरेको पनि सरुवा भएको हो।

घिमिरेलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ। उदयपुरमा गृहमन्त्रालयमा रहेका सहसचिव प्रेमप्रसाद लुँईटेलको सरुवा गरिएको छ। घिमिरेको ठाउँमा लुईटेल आउने भएका छन्।

गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको सीडीओका रूपमा पठाइएको छ। कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा तानिएको छ।

सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा तानिएको छ। गृहमा रहेका जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा पदस्थापन गरिएका छ भने भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पदस्थापन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट