गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको फोटोमा आगो लगाउने राजावादी युवा पक्राउ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राप्रपानिकट युवा संगठनका युवा पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालको फोटो जलाउने निराजन बमलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका एसपी विश्वराज खड्काले जानकारी दिए।

उनले शनिवार प्रचण्डको तस्बिर जलाएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा तस्वीर जलाईएको जनाईएको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव रहेका उनले जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा बोल्दाबोल्दै प्रचण्डको तस्बिरमा लाइटर पारेर आगो लगएका थिए।

‘तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि? भन्दै उनको प्रचण्डको तस्बिरमा आगो लगाउँदै ‘गणतन्त्र मुर्दावाद’ भन्ने नारा लगाएका थिए।

पछिल्लो समय राप्रपा लगायतका विभिन्न पार्टी र अभियानका नाममा राजावादी प्रदर्शनहरु भईरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट