१० बर्षीया बालिकालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

जनकपुर— स्थानीय १० वर्षीया बालिकालाई अस्लिल शब्द प्रयोग गरेर दुर्ब्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई (प्रहरी नायब निरीरक्षक) धर्वेन्द्र महतो पक्राउ परेका छन्।

महोत्तरीको लोहारपट्टीमा रेल्वे सुरक्षार्थ खटिएका महतोले शुक्रबार विहान करिव ९ बजे स्थानीय बालिकालाई दुव्र्यहार गरेको आरोप लागेको छ। उनी रेल्वे सुरक्षा बेसक्याम्पका सहायक हुन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेका थिए।सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए।

त्यसपछि विवाद सुरु भएको थियो। विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै बेस क्याम्प घेराउ गरेका थिए। स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले महतोलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट